नेपाली कांग्रेसका दुई केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै लिखित फरक मत राखेका थिए।
सोमबार बिहान ४ बजे सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीले संयुक्त रूपमा फरक मत राखेका हुन्।
यो पनि: कांग्रेसले छान्यो राष्ट्रिय सभाका १० उम्मेदवार
पार्टीबाट राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार छनोट गर्दा प्रक्रिया नपुर्याइएकोमा उनीहरूले असन्तुष्टि पोखेका छन्।
पुस १२ देखि १४ गतेसम्म चलेको केन्द्रीय समिति बैठकले तय गरेका मापदण्ड उम्मेदवार छनोटका बेला लागू नगरिएकोमा उनीहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्।
पार्टी संस्थागत निर्णयप्रति अविश्वास बढेको उनीहरूको भनाइ छ।
साथै संसदीय बोर्ड गठन नगरी टिकट वितरण गरेकोमा पनि उनीहरूले आपत्ति जनाएका छन्। यसमा नेतृत्वको प्रक्रियागत त्रुटि र स्वेच्छाचारी प्रष्ट देखिएको उनीहरूको भनाइ छ।
मधेसबाट मधेसी समुदायको प्रतिनिधित्व नभएको तथा विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई टिकट वितरणमा उपेक्षा गरिएको आरोप उनीहरूको छ।
उम्मेदवार चयन गर्दा एकलौटी गरिएकोले उम्मेदवार चयनका विषयमा असहमत हुँदै उनीहरूले फरक मत राखेका छन्। माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर १० सिट लिएको थियो। सोमबार उम्मेदवारहरूले उम्मेदवारी दर्तासमेत गरिसकेका छन्।
यस्तो छ फरक मत:
