जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ।
बैठक बुधबार बिहान ११ बजे बोलाइएको केन्द्रीय केन्द्रीय प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार बैठक दुई दिन चल्ने छ।
ललितपुरको ज्यापु प्रज्ञा भवन बस्ने बैठकमा राजनीतिक एवम् संगठनात्मक प्रतिवेदन प्रस्तुत हुने उनले जानकारी दिए।
बैठकमा पार्टीको आगामी महाधिवेशन र यसबीचमा भएका पार्टीका गतिविधिहरूको प्रगति विवरण प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए।
पुस २७ गते केन्द्रीय समितिको बैठक बस्ने पनि उनले जानकारी दिए।