राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ।
सचिवालय बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।
सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने बैठकमा पार्टीको दैनिक कार्य सञ्चालनसम्बन्धी निर्णयहरू हुने ढकालले बताए।
यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने उनले जानकारी दिए।
रास्वपाको सचिवालय १२ सदस्यीय छ।