जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक बस्दैछ।
बैठक आज बिहान ११ बजेबाट ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरू हुने केन्द्रीय प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा तहगत समितिहरूको अधिवेशनबारे छलफलबारे हुनेछ।
यसका अतिरिक्त आजको बैठकमा महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन, नीति कार्यक्रम, आर्थिक प्रतिवेदन आदि दस्तावेजको मस्यौदा तयार गर्ने र महाधिवेशनको संगठन, प्रचारप्रसार र आर्थिक गतिविधिलाई व्यवस्थित गर्नेबारे पनि छलफल हुने बस्नेतले बताए।
यस्तै बैठकमा राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय विभागको जिम्मेवारी र प्लान्ट लगायतका विषयमा पनि छलफल हुने उनले बताए।