नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु सुदूरपश्चिम अध्यक्षमा मनोज राई चयन भएका छन्।
धनगढीमा बुधबार सकिएको अधिवेशनबाट राई सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशन उद्घाटन गरेका थिए।
राईको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कमिटी गठन गरिएको हो।
उपाध्यक्षमा ईन्द्र बोहरा, रोहित बोगटी र दिनेश सिंह चयन भएका छन् भने सचिवमा कमल रोकाया चयन भएका हुन्।
सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन हुँदा कोषाध्यक्षमा जेबी कुँवर चयन भएको अनेरास्ववियुले जनाएको छ।