लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राप्ती नदीमा बस खसरे भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
शनिबार शोक बक्तब्य जारी गर्दै मुख्यमन्त्री चौधरीले मृतकहरु प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
त्यस्तै मुख्यमन्त्री चौधरीले दुर्घटनामा परी घाइते भएकाहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्ष र निकायलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री चौधरीले मध्यरातमा भएको उक्त दुर्घटनापछि उद्धार र उपचारमा खट्ने सुरक्षाकर्मी, ,स्वास्थ्यकर्मी, स्थानीय र जनप्रतिनिधिलाई धन्यवाद दिएका छन् ।
बाँकेबाट काठमााडौंका लागि छुटेको भे १ ख ३९१२ यात्रुरुवाहक बस दाङको भालुवाङमा शुक्रवार राति राप्ती पुलबाट नदिमा खसेको थियो।
दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते छन्।