नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।
बैठकमा आगामी फागुनमा हुने विधान अधिवेशनका लागि मस्यौदा समितिले मस्यौदा गरेको प्रस्तावहरूबारे छलफल भइरहेका छन्।
पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ।
उक्त प्रस्तावसहित, पार्टीको ४ महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा समेत हुने शाहले बताए।
फागुन पहिलो सातादेखि माओवादी केन्द्रले विधान अधिवेशन गर्दै छ।