जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार नभएको स्थानमा सत्ता गठबन्धनलाई सघाउने भएको छ।
सत्ता गठबन्धनमा भाग नभएपछि जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा उम्मेदवार उठाएको छ।
लुम्बिनीको अन्य क्लस्टरमा बालगोविन्द चौधरी थारू र मधेसमा रामशंकर महासेठलाई उम्मेदवार उठाएको छ।
बाँकी १७ स्थानमा सत्ता गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्ने जनमतका अध्यक्ष सिके राउतले जानकारी दिए।
माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले न्यूनतम एक सिट पाउनुपर्ने अडान गराखेको थियो।
तर, नपाएपछि अलग्गै उम्मेदवार खडा गरेको हो।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले ६, नेकपा (एकीकृत समाजवादी) ले २, जनता समाजवादी पार्टी (जसपा) ले १ ठाउँमा उम्मेदवार उठाएको छ।
-1705303078.jpeg)