नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा र गायिकासमेत रहेकी ब्युटी-प्रडक्टको व्यवसाय गर्दै आएकी शिवाना श्रेष्ठबीच यही माघ २१ गते विवाह हुने भएको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले जयवीरसिंह र शिवानाबीच माघ २१ गते विवाह गर्ने तयारी भइरहेको सेतोपाटीलाई बताए।
जयवीरसिंह डडेल्धुराबाट कांग्रेस क्रियाशील सदस्य छन् तर राजनीतिमा सक्रिय छैनन्। उनी मण्डला डिजिटल होल्डिङ्स सञ्चालन गर्छन्। जयवीरसिंह र शिवानाले गत जेठ १ गते इन्गेजमेन्ट गरेका थिए।
विवाह बूढानिलकण्ठस्थित घरबाटै गर्ने तयारीमा देउवा परिवार छ। घर मर्मतको काम सकिएसँगै देउवा परिवार धुम्बाराहीस्थित भाडाको घर छाडेर बुधबार बिहान बूढानिलकण्ठ सरिसकेका छन्।
जयवीरसिंह शेरबहादुर र आरजुका एक्ला सन्तान हुन् भने शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।
केदारभक्त परराष्ट्र सेवामा प्रवेश गरे पनि उनका दाइ इन्द्रभक्त उद्योगपति थिए। इन्द्रभक्तका छोरा रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन्। शिवाना केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्।
शिवाना कभर गायक पनि हुन्।
यस्तो छ उनले गायको गीत: