सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा विद्यार्थीले विदेश रोज्न थालेको बताएकी छन्।
त्रिभुवन विश्वविद्यालयमा बुधबार भएको कार्यक्रममा बोल्दै उनले समयमै परीक्षा नलिने र नतिजा प्रकाशन नगर्ने गुनासोहरु बढेको बताइन्।
उनले सोही विषयलाई लिएर विद्यार्थीहरू निजी र विदेशी विश्वविद्यालयतिर आकर्षित भइरहेको उनको भनाइ छ।
अध्ययन, अध्यापन र परीक्षा तथा नतिजा लगायका विषय सूचना र प्रविधिसँग जोड्दा समस्या समाधान हुने उनले बताइन्।
‘परीक्षा र नतिजाका बारेमा त्रिविसँग केही गुनासा छन्। यही कारणले गर्दा विद्यार्थी निजी र विदेशी विश्वविद्यालयतिर बिस्तारै आकर्षित भइरहेका छन्,’ उनले भनिन्, ‘परीक्षा र नतिजा लगायतका सबै कुरालाई सूचना र प्रविधिमा लगियो भने समस्या कम हुन्छ।’
(न्युज एजेन्सी नेपाल)