नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान राखेका छन्।
केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर बुधबार बिहान निवासमै चियापान गरेका हुन्।
कोइरालाले राखेको चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत पनि पुगेका छन्।
कोइरालाले कोशी प्रदेश सभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतलाई चियापानमा निम्ता गरेका थिए।
बिहीबार राष्ट्रिय सभा चुनाव हुँदैछ। कोइरालाले पार्टी एकढिक्का रहेको सन्देश दिन चियापान गरेको उनीनिकट नेताहरूले बताएका छन्।
तस्बिरहरू:





