नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंमा रोबोटिक वार प्रतियोगिता गर्ने भएको छ।
अध्यक्ष दुजाङ शेर्पाका अनुसार यही माघ १३, १४ र १५ गते प्रतियोगिता गर्न लागिएको हो।
'विश्वकर्मा' नाम दिइएको प्रतियोगितामा सहभागीहरूले आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्ने नेविसंघले जनाएको छ। प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट गरी कूल १८ वटा समूहले भाग लिनेछन्।
खेल, मनोरञ्जन, सिर्जना र आविस्कारलाई एकमुष्ट प्रतिबिम्बित गर्ने प्रतियोगितामा भाग लिने समूहले आफूले आविस्कार गरेको मानव नियन्त्रित रोबोट्सहरू एकआपसमा भिडाएर डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्ने नेविसंघको भनाइ छ।
प्रतियोगितामा भाग लिनेहरूलाई नेविसंघले खानासहित आवास सुविधा दिनेछ। पहिलो हुने समूहलाई ३ लाख ५० हजार, दोस्रो हुनेलाई एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुनेलाई रु १ लाख दिने आयोजकले जनाएको छ।
यो प्रतियोगिताका लागि कूल ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।
यस्तो छ विज्ञप्ति:
