लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ।
३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जनाले मतदानमा उपस्थित नभएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए।
मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मत मध्ये २१६ मत खसेको छ।
बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय मतदानमा उपस्थित भएनन्।
दुई सिटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमूख गरी ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिष्पर्धामा छन्।
अहिले मुचुल्का तयारीको काम भैरहेको र मत गणनाको काम चाँडै सुरू हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए।