नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले २०४६ सालपछि राजनीति व्यवस्था मात्र नभई अवस्थामा पनि परिवर्तन आएकाे बताएका छन्।
पार्टी स्थापना दिवसमा बागमती प्रदेश कार्यसमितिले शुक्रबार मकवानपुरको हेटौंडामा गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वमा भएका आन्दोलनले राजनीतिक व्यवस्थासँगै अवस्था पनि परिवर्तन भएको बताए।
‘केही भएको छैन भन्नेका पछाडी नलाग्नुस्। राजनीतिक व्यवस्था बदलियाे अवस्थामा केही भएन भन्ने भाष्य स्थापित गर्न खाेजिएकाे छ तर त्यस्तो होइन,’ उनले भने, ‘०४६ पछि राजनीतिक व्यवस्था मात्र फेरिएकाे छैन, अवस्था पनि फेरिएकाे छ। ०४६ अघि के थियाे? शिक्षा, स्वास्थ, विकासकाे क्षेत्रमा अहिले के छ? त्याे तुलना गरी हेरौं।’
उनले असहज अवस्थामा मिलेका दलहरूबीच एकता थप बलियो बनाउनुपर्ने बताए।
कांग्रेसले नै समृद्धिकाे अभियानकाे नेतृत्व गर्नुपर्ने उनले बताए।