ललितपुरको गोदावरीमा बिहीबार दिउँसो बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सकिएको छ।
महासमिति सदस्यहरूले उठाएका विषयमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा छलफल भएको हो।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकको समापन समारोहमा पेस गर्ने प्रतिवेदनको तयारी भइरहेको बताए।
‘यसका लागि महामन्त्री गगन थापासहित केही नेताहरू बसेर प्रतिवेदन तयार पारिँदैछ,' उनले भने।
महासमिति बैठकमा पाँच वटा प्रतिवेदनमाथि चार वटा समूहमा छलफल भएको छ।
आजै प्रस्ताव पारित गर्ने तयारी छ। समापन समारोहमा पदाधिकारी र पूर्वपदाधिकारीलाई बोल्न २ मिनेटका दरले समय दिने तयारी छ।