नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले समाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने रुपमा नआएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सामाजिक सञ्जालका कारण लाकतान्त्रिक व्यवस्थाबारे गलत प्रचार भएपनि लोकतन्त्र नै खतरामा नपर्ने बताएका हुन्।
‘यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना संप्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन,’ उनले भने।
यद्यपि यसका प्रभावको बारेमा छलफल गरी त्यसबाट समाजलाई जोगाउने कोशिस गर्नुपर्ने उपाध्यक्ष पौडेलले बताए।
उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, इआई, आइटीको सदुपयोग पनि बताए। उनले राजनीतिक दलहरु वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताए ।
उनले कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु नहुने बताए। लोकतन्त्रको प्राण नै आलोचना भएको उनको भनाइ छ। न्युज एजेन्सी नेपाल