नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भेट्न कोटेश्वर जाँदैछन्।
बिरामी भएर घरमै स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न सभापति देउवासहितका नेता आउन लागेको एक नेताले बताए।
एकीकृत समाजवादीका ती नेताले दिएको जानकारीअनुसार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले देउवा आउन लागेको सन्देश पठाएका थिए।
‘बिहान ९ बजे आउने भनेर खबर आएको थियो, स्वास्थ्य लाभको कामना गर्न आउन लागेको जानकारी दिइएको छ,’ ती नेताले भने।
राजनीतिक समीकरण बदलिएसँगै नेताहरूको दौडधुप जारी छ।
मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाल भेट्न कोटेश्वर पुगेका थिए।
अध्यक्ष नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक रहेको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी दिएका छन्।