प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा तीन जना नयाँ अनुहार देखिएका छन्।
बुधबार बसेको नयाँ सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको छ। जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले मन्त्रीहरूको नाम दिइसकेको छैनन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १७ जनाको नाम टुंगो लागेको हो। तीन पार्टीले सिफारिस गरेका मन्त्रीहरूमा जम्मा तीन जना नयाँ अनुहार देखिएका छन्। बाँकी सबै जना पहिल्यै मन्त्री भइसकेका व्यक्ति नै दोहोरिएका छन्।
नेकपा एमालेका सांसद बलराम अधिकारी यसअघि मन्त्री भएका छैनन्। उनी भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्दैछन्।
अर्का दुई नयाँ अनुहार राष्ट्रिय स्वतन्त्र पार्टीका छन्।
सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन्।
उनीहरू सबैले आजै साँझ शपथ ग्रहण गर्दैछन्।
यो पनि: कुन पार्टीबाट को भए मन्त्री (सूची)