नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो राजनीतिक घटनाक्रमबारे भिडिओमार्फत् धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल एक्समा १९ मिनेट लामो भिडिओमार्फत् उनले धारणा सार्वजनिक गरेका हुन्। उनले पाँच बुँदामा आफ्नो कुरा उल्लेख गरेका छन्।
‘कुनै अलमलमा नपरौं। धोका दिने नै नियत भएकाले, आज नभए भोलि धोका दिन्थे नै!,’ प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै उनले भनेका छन्।
प्रधानमन्त्री दाहालले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।