युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रियस्तरमा हुने खेलकुद लिगहरू निरन्तर सञ्चालन गर्न क्यालेन्डर बनाउन निर्देशन दिएका छन्।
बुधबार साँझ मन्त्रालयमा पदबहाली गर्दै उनले खेलाडीहरूको मनोबल बढाउन र खेलमार्फत राष्ट्रिय गरिमा उच्च राख्न क्यालेन्डर बनाउन निर्देशन दिएका हुन्।
उनले क्यालेन्डर बनाउन आवश्यक कार्ययोजना बनाउनसमेत निर्देशन दिए।
'खेलाडीहरूलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न राष्ट्रियस्तरमा हुने खेलकुद लिगहरूलाई व्यावसायिक बनाउन तालिका (क्यालेन्डर) बनाई निरन्तर सञ्चालन गर्ने गरी आवश्यक कार्य योजना बनाउन निर्देशन छ,' उनले भने।
-1709740644.jpg)
-1709740643.jpg)
-1709740643.jpg)
-1709740643.jpg)