नवनियुक्त केही मन्त्रीहरूले बुधबारै शपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पुनर्गठन गरेको मन्त्रिपरिषदमा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। उनी एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी भएका हुन्।
सरकारले बुधबार नै तीन जना उपप्रधानमन्त्री बनाइसकेको छ। तीमध्ये नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताका उपप्रधानमन्त्री बनेका छन्। यसअघि गृहमन्त्री रहेका श्रेष्ठले बुधबार परराष्ट्रमन्त्रीको शपथ लिएका हुन्।
बुधबारै उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ लगायतले पदभार ग्रहण गरेका छन्।
हेर्नुहोस् तस्बिरहरूः
-1709741809.jpg)
-1709748873.jpg)
-1709741808.jpg)
-1709740643.jpg)
-1709740643.jpg)
-1709740644.jpg)
-1709740643.jpg)

-1709738911.jpg)
-1709738911.jpg)
-1709737836.jpg)
-1709737774.jpg)
-1709737836.jpg)
-1709737805.jpg)
-1709737835.jpg)
-1709737835.jpg)