सरकारको मन्त्रिपरिषद बैठकले दुई वटा निर्णय गरेको छ।
बिहीबार बसेको बैठकले दुई वटा निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ। उनी यसअघि पनि प्रवक्ता थिइन्। सत्ता गठबन्धन परिवर्तन भएसँगै उनी पुन: सञ्चार मन्त्रीमा नियुक्त भएकी हुन्।
त्यस्तै संयुक्त राष्ट्र संघको कमिशन अन द स्टाटस अफ वमेन (सिएसडब्ल्यु)को ६८औं सत्रमा भाग लिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवतीलाई स्वीकृति दिने निर्णय गरेको छ।