प्रतिनिधि सभाको बैठक जारी छ।
सत्ता गठबन्धन परिवर्तन भएपछि बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा उनले नेपाली कांग्रेससँग गठबन्धन तोड्नुका ६ कारण खुलाएका थिए। यसअघि सांसदहरूले उठाएका प्रश्नमाथि प्रधानमन्त्री दाहालले जवाफ दिएका थिए।
यस्तै उनीपछि विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले उठाएका विषयमा जवाफ दिएका थिए।
नेकपा एमालेको तर्फबाट विष्णु पौडेलले पनि धारणा राखिरहेका छन्।