सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई जिम्मेवारी दिइएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।
‘नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोक्ने' मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो।
प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिने बताएकी छन्।
यसअघि पनि सरकारको प्रवक्ता शर्मा नै थिइन्।