जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी छ। पार्टी कार्यालय बालकुमारीमा बैठक चलिरहेको छ।
उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने टुंगो लागे पनि मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि फेरि बैठक बसेको एक सदस्यले बताए।
बैठक बिहान पनि बसेको थियो। बैठक दुई घन्टादेखि चलिरहेको छ।
बिहान बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादव, नवल किशोर साहलाई सरकारमा पठाउने भने पनि राज्यमन्त्रीमा टुंगो लागेको थिएन। राज्यमन्त्रीको टुंगो नलागेपछि पूरक बैठक बसेको पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।