सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
सचिवालयको बैठक शुक्रबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बोलाइएको प्रचार विभाग प्रमख राजेन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागिता र गठबन्धनबारे छलफल गर्न बैठक बोलाइएको हो।
सोमबार मात्रै नेपाली कांग्रेससँगको गठबन्धन भत्किएर नयाँ समीकरण बनेको छ।
नयाँ गठबन्धनमा एमाले प्रमुख घटकको रूपमा छ।