सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक जारी छ।
ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा अहिले बिहान साढे ९ बजेदेखि सचिवालय बैठक बसिरहेको छ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो।
‘मुख्यतः पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएका हौं,’ उनले सेतोपाटीसँग भने।
त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ। यसबारे पनि सचिवालय बैठकमा छलफल हुने ज्ञवालीले बताए।
एमालेको फागुन ८, ९ र १० गते सातौं केन्द्रीय कमिटीको बैठक बसेको थियो। केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्तावेजलाई पूर्णता दिने विषयमा पनि सचिवालयल बैठकमा छलफल हुनेछ।
यसैगरी एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलायन लागेको छ। यसको कार्ययोजना पनि सचिवालय बैठकले बनाउने एमालेले जानकारी दिएको छ।