नेकपा (एमाले) ले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको छ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो।
एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्।
‘हामीले पार्टी स्थापनाको ७५ औं वर्षगाँठ मनाउँदैछौं। त्यही सन्दर्भमा देशभरबाट अगुवा कार्यकर्ता बोलाउने निर्णय पनि गरेका थियौं,’ महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय सुनाउँदै भने, ‘आज बसेको बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ।’
एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।