पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेकी छन्।
तनहुँकी श्रेष्ठलाई सोमबार अध्यक्ष कमल थापाले राप्रपा नेपालमा प्रवेश गराएका हुन्।
राप्रपाको महाधिवेशनमा थापा नेतृत्वमा श्रेष्ठ उपाध्यक्ष उम्मेदवार भएर पराजित भएकी थिइन्।
श्रेष्ठ जिविस तनहुँकी पूर्वसभापतिसमेत हुन्।