गृह मन्त्रालयको गृह सचिवमा एकनारायण अर्याललाई सरूवा गर्ने निर्णय गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई गृह सचिवमा सरूवा गर्ने निर्णय गरेको हो।
उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका थिए। त्यसअघि उनी श्रम मन्त्रालयमा थिए।
गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ।