नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ।
संसदीय दलको बैठक मंगलबार दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनेबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो।
प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीको समर्थन छ।
सरकारको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत दल छन्।