प्रतिनिधि सभा बैठकको कार्यसूची तयार गर्न कार्यव्यवस्था परामर्श समिति बैठक बसेको छ।
बुधबारको प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिने तयारी गरेका छन्।
गत फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि दाहालले विश्वासको मत लिनुपरेको हो।
सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, सत्ता तथा प्रतिपक्ष दलका प्रमुख सचेतकहरूलगायत कार्यव्यवस्था परामर्श समिति बैठक बसेका हुन्।
साथै कानुन मन्त्री पदम गिरी पनि बैठकमा सहभागी छन्।
बैठकमा आगामी १५ दिनका लागि प्रतिनिधि सभा बैठकका क्यालेन्डर तयार गर्नेबारे पनि छलफल भएको छ। गठबन्धनमा फेरिएपछि प्रतिनिधि सभाको १५ दिनको कार्यतालिका प्रभावित भएको थियो।