नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेको छ।
बुधबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।
प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए।
बैठकले प्रधानमन्त्रीमा १५/१५ महिनाको सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय गरेको बताए।
उनले सहमति कार्यान्वयन हुने गरी विश्वासको मत दिने निर्णय गरिएको जानकारी दिए।
‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ। जुन विषयहरु बाहिर पनि आइसकेका छन्। त्यो विषयमा सहमति भएको छ। त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ। तर आज त्यो सबै सहमति कार्यान्वयन हुने गरी विश्वासको मत दिने निर्णय गरेका छौँ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)