कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरू हुँदैछ।
प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो तथा हिउँदे अधिवेशन बुधबारदेखि सुरू गर्न आह्वान गरिएको थियो।
प्रदेश प्रमुखको कार्यालयले फागुन २२ गते पत्र पठाएर दोस्रो कार्यकालको हिउँदे अधिवेशन सुरू गर्न आह्वान गरेको थियो। तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजेका लागि तोकिएको छ।
पहिलो दिनको कार्यसूचीमा प्रदेश प्रमुखको कार्यालयको पत्र पढेर सुनाउने, सहिदको सम्झनामा मौनधारण र दलीय धारणा राख्ने रहेको कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।