राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्न परेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राखेको विश्वासको मत प्रस्तावमाथि छलफलमा भाग लिँदै रास्वपाका उपसभापतिसमेत रहेका वाग्लेले भने, ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता मलाई लाग्छ प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि त!, यहाँ डर छ, भागीभागी हिँडिएको छ। च्याप्प समाएर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्न परेको छ।’
कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री अफर गरेका समाचार आएका थिए भने कांग्रेसले यसबारे खण्डन गर्दै त्यस्तो अफर नगरिएको बताएको थियो।
कांग्रेसप्रति लक्षित गर्दै उनले 'सक्कली र नक्कली कांग्रेस खोजी हिँड्ने कुरा पनि भएन' भनेका थिए।
भिडिओ: