प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूले सबैको भलाइ हुने काम गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि सांसदरूले धारणा राखेपछि जवाफ दिँदै दाहालले भने, ‘ठूला साना राजनीतिक दलहरूले माओवादी केन्द्र र प्रचण्डलाई धन्यवाद दिनुपर्छ। सबैलाई धोका होइन, सबैलाई भलाइ गरेको छ प्रचण्डले। पटक-पटक त्याग र बलिदान गरेर गरेको छ। धोकेबाज भन्नुहुन्छ तपाईंहरू? यो स्वीकार्य छैन।’
उनले नेपाली कांग्रेसलाई एकताबद्ध हुन पनि आग्रह गरेका थिए।