प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री हुनकै लागि मात्र गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा आफूलाई स्वीकार्य नभएको बताएका छन्।
बुधबार संसदमा राखेको विश्वासको प्रस्तावमाथि उठेका विषयहरूमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनलाई निरन्तरता दिनू भनेको दिन गन्नु र काल पर्खुनु मात्रै हुने बताएका हुन्।
त्यसपछि आफूसँग दुइटामात्रै विकल्प रहेको उनले बताए। 'या प्रधानमन्त्रीबाट राजीनामा दिएको छु भन्नुपर्नेछ या अर्को गठबन्धन बनाएर फेरि एकचोटी बल गर्नुपर्यो,’ प्रधानमन्त्रीले प्रचण्डले भने।
पार्टीभित्र छलफल गर्दा नयाँ ढंगले पहल गर्न जरूरी रहेको निष्कर्षमा पुगेपछि नयाँ गठबन्धन बनेको उनले बताए।
‘त्यसकारण आवेगमा आएर होइन कसैलाई सरप्राइज दिने उद्धेश्यले पनि होइन सोचे विचारेर यो राष्ट्रको हित कसरी होला । जनताको आशा अपेक्षा विकास समृद्धिको सुशासनको जो छ। त्यसलाई अधिकतम सम्बोधन कसरी गर्न सकिएला भन्ने धेरै सोचविचार गरेर लिएको फैसला हो,’ प्रधानमन्त्री प्रचण्डले भने।