प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राम्रा काम तीब्र गतिमा अघि बढाउने आफूलाई जिम्मेवारी रहेको प्रतिक्रिया दिएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकबाट विश्वासको मत प्राप्त गरेपछि संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले जिम्मेवारी थप बढेको बताए।
‘नयाँ राजनीतिक समीकरणसहित आज फेरि विश्वासको मत लिँदाखेरिको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजिव रह्यो,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले फेरि पनि भन्न चाहन्छु- मेरो जिम्मेवारी अझ बढेको छ।’
उनले राष्ट्र र जनताका पक्षमा अझ राम्रा काम तीब्र गतिमा गर्ने जिम्मेवारी रहेको बताए। ‘मेरो काँधमा जिम्मेवारी थपिएको छ, म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु। सबै माननीय सदस्यहरूलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने।
यो पनि: प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत