प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत भएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गरेका हुन्।
विधेयक प्रस्तुत गर्दै जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरूप सुव्यवस्थित, कार्यत्मक र नजितामुखि तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यक रहेको बताए।
त्यस्तै प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
यो पनि: यी हुन् संघीय निजामती विधेयकमा गरिएका नयाँ व्यवस्था
उनले निजामती कर्मचारीलाई राजनीतिक रूपमा तटस्थ, पेशागत रूपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामुलक र उच्च मनोबलयुक्त बनाउनुपर्ने बताए।
‘राज्यको पुर्नसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, शर्त र सुविधा सम्बन्धी कानूनलाई संघीयता अनुरूप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘मुलुकको प्रशासनिक प्रणालीलाई शासकिय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखि तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपर्ने आवश्यकता छ।’
सो विधेयकको सम्बन्धमा भने सभामा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ।
(न्युज एजेन्सी नेपाल)