नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिबद्धता पूरा नगरे पार्टी सरकारबाट बाहिरिने बताएका छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग बिहीबार कुराकानी गर्दै एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले प्रधानमन्त्री दाहालले प्रतिबद्धता पूरा नगरे सरकारबाट आफ्नो पार्टी बाहिरिने बताए।
प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरेको खण्डमा आगामी असार ३१ गतेसम्म आफ्नो पार्टी सरकारबाट बाहिरिने उनले बताए। आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन उनले सुझाव दिएका छन्।
‘मैले प्रष्ट भनेको छु- तपाईंले बोलेको कुराहरु पूरा गर्नुभएन भने असारको ३१ गते बिदा हुनुहुन्छ। १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँभन्दा बढ्ता के भन्नु? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)