नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
बैठकमा पदाधिकारी तथा स्थायी कमटी सदस्यहरूको कार्यविभाजन, विभिन्न विभागलाई पूर्णता दिन लगायत संगठनात्मक विषयमा छलफल हुने उनले बताए।
त्यस्तै पार्टीले सञ्चालन गर्ने हिमाल-पहाड-तराई अभियानको तयारीका बारेमा पनि बैठकमा छलफल हुने उनले बताए।
कांग्रेससँगको सहकार्य टुटेर एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको अवस्थाको राजनीतिक परिस्थितिबारे पनि छलफल हुने साहले जानकारी दिए।