अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तिय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरेका छन्।
मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने पनि बताए ।
‘बैंकहरुबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिंड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कपादी स्वीकार्य हुन सक्दैन ।’
मन्त्री पुनले बैंकहरु जत्ति व्यवस्थित रुपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा बताए।