नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले केन्द्रीय समिति बैठक बोलाएको छ।
केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलका अनुसार केन्द्रीय समिति बैठक चैत १५ र १६ गते बस्नेछ।
बैठक ललितपुरस्थित कुपण्डोल ब्यान्क्वेटमा बस्नेछ।
बैठकमा नेपाल तरूण दलको पाँचौं राष्ट्रिय महाधिवेशन तयारीबारे छलफल गर्ने एजेन्डा छ।
तरूण दलको नियमित महाधिवेशन भएको छैन। विद्वान गुरूङ नेतृत्वमा चार सय सदस्यीय तदर्थ समिति गठन भएको थियो।