प्रतिनिधि सभा बैठक जारी छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि बैठक सुरू भएको हो। बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको थियो। त्यसपछि सभामुखले बोल्ने समय दिएका थिए।
आजको बैठकमा शिक्षा, विज्ञात तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा आज पनि छलफल जारी रहने कार्यसूची छ।