इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि दलहरू दर्ता भएका छन्।
वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा र बझाङ प्रदेश सभा १ (१) मा उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनमा भाग लिन इलाममा २० वटा र बझाङमा १९ वटा दलले दर्ता गराएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसरी दर्ता भएका राजनीतिक दलहरूलाई आयोगले निर्वाचन प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ।
इलाम-२ बाट निर्वाचित नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ (१) मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद पृथ्वीबहादुर सिंहको मृत्यु भएको थियो।