त्रिभुवन विश्वविद्यालय स्ववियु सभापति श्यामराज ओझाले वर्षदिनमा गरेका १४ उपलब्धि सार्वजनिक गरेका छन्।
सोमबार पत्रकार सम्मेलन गरी ओझाले अहिलेसम्मका उपलब्धि र आगामी योजना सुनाए।
२०७९ चैत ५ गते भएको स्ववियु निर्वाचनबाट ओझाको नेतृत्वमा २१ सदस्यीय समिति निर्वाचित भएको थियो।
उनले आफूहरूको पहलले गर्दा नै त्रिवि पुस्तकालयको अध्ययन कक्ष २४ सै घन्टा खुला रहेको बताएका छन्।
छात्रावासको मर्मत भएको, ८० जना थप विद्यार्थी राख्ने गरी सेवा आयोग भवनलाई छात्रावास बनाउन लागिएको, गैरविद्यार्थी होस्टेल बस्न नदिन अनलाइन फारम व्यवस्था गरेको पनि उल्लेख गरे।
स्ववियुले गत कात्तिक १७ को भूकम्पपछि प्रभावित जाजरकोट र रूकुम पश्चिम पुगेर ३ लाख रुपैयाँ बराबरको राहत सामग्रीसमेत वितरण गरेको उनले सार्वजनिक गरेको रिपोर्ट कार्डमा उल्लेख छ।
त्रिविका विद्यार्थीका लागि क्रिकेट रंगशाला टिकटमा ५० प्रतिशत सहुलियत व्यवस्था गरेको, त्रिवि शिक्षण अस्पतालमा विद्यार्थीले ९० प्रतिशत छुट सुविधा पाउने गरी सम्बन्धित निकायमा छलफल गरेको उनको भनाइ छ।
त्रिविभरि नि:शुल्क पानी व्यवस्था, सिसीटिभी, सुरक्षागार्ड, आवश्यक बत्ती व्यवस्थापन स्ववियुको पहलमा भएको सभापति ओझाले बताए।
‘सबै डिन कार्यालयहरूले आफ्नो शैक्षिक क्यालेन्डर प्रकाशन गर्न र कार्यान्वयन गर्न आवश्यक पहल गरिएको छ,’ उनले भने, ‘उपकुलपति नियुक्तिमा कम्तीमा सार्वजनिक आह्वानसम्मको पद्दती सुरू हाम्रै दबाबका कारण पनि भएको हो।’
यस्तो छ त्रिवि स्ववियुका उपलब्धि र आगामी योजना: