पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ।
उनका आमा जमुनादेवी आचार्यको उपचारका क्रममा ७२ वर्षको उमेरमा मंगलबार निधन भएको हो।
श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि जमुनादेवीलाई उपचार गर्न पोखराकै चरक मेमोरियल अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा मंगलबार चिकित्सकले मृत घोषणा गरेको मेयर आचार्यको सचिवालयले जनाएको छ।
जमुनादेवीका ३ जना छोरा र २ छोरी छन्। जेठा छोरा आचार्य गत स्थानीय निर्वाचनबाट पोखरा महानगरका मेयर निर्वाचित भएका थिए।
मेयर आचार्यको सचिवालयका अनुसार आमा जमुनादेवी सामाजिक क्षेत्रमा क्रियाशील थिइन्। उनको दाहसंस्कारका लागि मंगलबार दिउँसो पोखरा नयाँबजारदेखि तुलसीघाटसम्म शवयात्रा गरिएको थियो।