नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ। बिहीबार वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन्। बिहान ११ बजे अधिवेशन उद्घाटनको तालिका रहेको एमालेका नेता मोहन बडुवालले जानकारी दिए।
अधिवेशनको सबै तयारी पूरा भएको छ। बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ।
अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए। उनीहरूको विवरण बुधबारको बैठकले स्वीकृत गरिसकेको छ।
अधिवेशनअन्तर्गत् बिहिबार उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ। शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने बडुवालले जानकारी दिए।