नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन्।
सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कार्कीलाई शपथ खुवाएका हुन्।
कार्की जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सांसद हुन्। उनी धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
अहिलेको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र नवलकिशोर साह सुडी वन मन्त्री छन्। साथै कार्कीलाई प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै राज्यमन्त्री नियुक्त गरेका थिए।