नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैरसरकारी संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन्।
देउवाले मंगलबार विधानको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य रणबहादुर रावल प्रमुख रहेको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
सभापति देउवाले मोरङका डिल्लीराम गिरी, धनुषाका परमेश्वर महासेठ, काठमाडौंका सकुन्दराज आर्याल, गोरखाका प्रल्हादबाबु पन्त, कास्कीका यज्ञश्वर पौडेल, दाङका चूर्णबहादुर चौधरी, बर्दियाका भैरवबहादुर विष्ट, मुगुका तिलकबहादुर मल्ल, अछामकी अम्बीकुमारी थापा र कैलालीका उत्तमराज जोशीलाई सदस्य मनोनीत गरेका हुन्।
विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरी पूर्णता दिनुपर्ने हो। २०७८ मंसिरमा कांग्रेसले १४ औं महाधिवेशन गरेको थियो।